पार्टीको आन्तरिक एकता मजबुद भए एमालेलाई बहुमत ल्याउन समस्या छैन : कैलाश ढुंगेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बागमती प्रदेशका समितीका अध्यक्ष कैलाश ढुंगेलले मिसन ०८४ मा एकल बहुमत ल्याउनका लागि पार्टीभित्रको आन्तरिक एकता मजबुद बनाउनु पर्ने बताउनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ढुंगेलले पार्टीका नेता कार्यकर्ताले जनताका समस्यासँग भिजेर समाधान दिंदा मात्र पार्टीप्रतिको आकर्षण बढ्ने उहाँको भनाइ छ । 󠆼‘हामीले हालसम्म जनताका समस्या सुन्यौं मात्र चाहेजस्तो समाधान दिन सकेनौं’ ढुंगेलले भन्नुभयो ‘अब समस्या पनि सुनौं समाधान पनि दिऔं ।

जनताले आस्वासनलाई मात्र विश्वास नगर्ने भएकोले नतिजामा ध्यान दिन उहाँले पार्टी नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । एमाले र काँग्रेसजस्ता दुई ठुला दलको सरकार किन बन्यो भनेर कार्यकता तहमा अनेक भ्रम र आशंका रहेकोमा वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ ले सो भ्रमलाई चिरेको उहाँको भनाइ छ । पार्टीका निर्णय,सोच,विधी,भावी कार्ययोजना जनतासम्म पुर्र्याउने माध्यम भनेको पार्टीका कार्यकर्ता नै हौं । त्यसैले हामीले सही कुरा बुझेर जनतामा पनि सही सुचना प्रवाह गर्न सकियो भने सरकार र पार्टीप्रति जनताले बनाएका नकारात्मक धारणा अन्त्य हुने ढुंगेलको भनाइ छ । पार्टीले गत वर्ष माघ देखि सञ्चालन गरेको तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियानले बागमती प्रदेशमा उल्लेख्य उपलब्धी दिएको उहाँको भनाइ छ ।

लामो समय देखि पार्टी सदस्यता अद्यावधिक,अभिलेख निर्माणमा भएको समस्या पनि अहिले समाधान भएको उहाँको भनाइ छ । ‘माओवादीसँग भएको पार्टी एकताका कारण सदस्यता अद्यावधिकमा थुप्रै समस्या एमालेमा भित्रिएका थिए’ ढुंगेलले भन्नुभयो ‘अहिले ति समस्या समाधान भएका छन् । पार्टीका हरेक कुराहरु अद्यावधिक गरिएको छ । 

बैठकलाई सम्बोधन गर्दै ढुंगेलले बागमतिमा एमाले एकजुट भएर लागेमा आउने निर्वाचनमा यस प्रदेशका ३३ वटैं संघीय निर्वाचन क्षेत्र,६६ वटा प्रदेश निर्वाचन क्षेत्र र ११९ वटै स्थानीय तहमा बहुमत ल्याउन समस्या नहुने उहाँको भनाइ छ । ‘२०७९ को निर्वाचन बागमती प्रदेशका लागि त्यती सुखद् भएन तर ०८४ मा यसबाट पाठ सिकेर एकल बहुमत ल्याउने गरी अघि बढ्नु पर्दछ’ ढुंगेलले भन्नुभयो । बैठक बागमती प्रदेश कमिटीका इन्चार्ज डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा जारी रहेको कमिटीका सचिवालयल सदस्य रमेश आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...