सांसद मेटमणिको ५ करोड ४० लाखको चेक बाउन्स, प्रहरीमा उजुरी



हाम्रो इकोनोमि

 

 

नेकपा एसका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीले एक ठेकेदारलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेको प्रमाण भेटिएको छ । तर हस्ताक्षर नमिलेको तथा खातामा पर्याप्त रकम पनि नभएपछि चेक बाउन्स भएको थियो ।

मेटमणिले रोल्पाका धात बुढा मगरलाई बुढालाई एभरेष्ट बैँक (सांसदले तलब भत्ता बुझ्ने सिंहदरबार भित्रको शाखा) को चेक २०८१ पुस २६ गते हस्ताक्षर गरेर दिएका थिए । तर उक्त चेकमा मेटमणिले गरेको उनको वास्तविक हस्ताक्षरभन्दा फरक छ । जानाजान हस्ताक्षर बिगारेको आरोप बुढामगरले लगाएका छन् । अंग्रेजी भाषामा लेखिएको चेकमा अक्षरमा रकम लेख्नुपर्ने ठाउँमा करोड र चालिस लेखिएको पनि स्पष्ट छैन ।

तीन पटकसम्म चेक नसाटिएपछि बुढामगरले बैंकिङ नियमअनुसार चेक बाउन्सको सात दिनको सूचना निकाल्न निवेदन दिएका थिए । उनले सांसद चौधरीविरूद्व प्रहरीमा उजुरीसमेत गरेका छन् । हुलाकमार्फत उजुरी आएपछि दाङ प्रहरी कानूनी परामर्शमा लागेको छ ।

दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले हिजो प्रमुख जिल्ला अधिकारी र जिल्ला न्यायाधीवक्तासँग कानूनी परामर्श लिएको स्रोतले बतायो । एसपी, सिडिओ र जिल्ला न्यायाधीवक्ताबीच हिजो यस विषयमा गम्भीर छलफल भएको छ, स्रोतले  भन्यो छलफलमा चेक अनादर मात्रै नभई ठगी तथा जालसाजीको कसुर पनि आकर्षित हुने निष्कर्ष निकालिएको छ ।

चेकमा गलत लेखाइ र नक्कली हस्ताक्षर गरी ठगी गर्ने उद्देश्य देखिन आएकाले ठगीको कसुर समेत आकर्षित हुने निष्कर्ष निकालिएको हो । सांसद चौधरीले चेकमा गरेको गडबडी एभरेष्ट बैंक स्रोतले पुष्टि गर्‍यो । मेटमणिको हस्ताक्षर नै मिल्दैन । करोड लेखेको पनि बुझिँदैन बैंक स्रोतले भन्यो चेकमा लेखिए बमोजिम पर्याप्त रकम पनि खातामा छैन ।

स्रोतको दाबीअनुसार चौधरीले शहरी विकास मन्त्री भएका बेला सेटिङमा विभिन्न ठेक्काको काम दिलाइदिने भन्दै कमिसन बापत बुढासँग पटक पटक गरी ५ करोड ४० लाख रुपैयाँ बैंकिङ माध्यमबाटै लगेका थिए । पैसा लगेर ठेक्का दिलाउन नसकेपछि उनीहरूबीच लफडा सुरू भएको स्रोतको भनाइ छ ।

सांसद चौधरीले तत्काल रकम फिर्ता गर्न नसकेपछि फर्जी हस्ताक्षर गरेर बैंकको चेक दिएका हुन् स्रोतले भन्यो । उनका स्वकीय सचिव सुदन खनालले भने चौधरीको चेक हराएको दाबी गरे । उनले  भने माननीयज्यूको चेक हराएको थियो कुन चैँ बदमासले आफैँ अंक भरेर बाउन्स गरेछ । माननीय ज्यूको हस्ताक्षर नै मिल्दैन । सांसद चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...