सांसद मेटमणिको ५ करोड ४० लाखको चेक बाउन्स, प्रहरीमा उजुरी



हाम्रो इकोनोमि

 

 

नेकपा एसका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीले एक ठेकेदारलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेको प्रमाण भेटिएको छ । तर हस्ताक्षर नमिलेको तथा खातामा पर्याप्त रकम पनि नभएपछि चेक बाउन्स भएको थियो ।

मेटमणिले रोल्पाका धात बुढा मगरलाई बुढालाई एभरेष्ट बैँक (सांसदले तलब भत्ता बुझ्ने सिंहदरबार भित्रको शाखा) को चेक २०८१ पुस २६ गते हस्ताक्षर गरेर दिएका थिए । तर उक्त चेकमा मेटमणिले गरेको उनको वास्तविक हस्ताक्षरभन्दा फरक छ । जानाजान हस्ताक्षर बिगारेको आरोप बुढामगरले लगाएका छन् । अंग्रेजी भाषामा लेखिएको चेकमा अक्षरमा रकम लेख्नुपर्ने ठाउँमा करोड र चालिस लेखिएको पनि स्पष्ट छैन ।

तीन पटकसम्म चेक नसाटिएपछि बुढामगरले बैंकिङ नियमअनुसार चेक बाउन्सको सात दिनको सूचना निकाल्न निवेदन दिएका थिए । उनले सांसद चौधरीविरूद्व प्रहरीमा उजुरीसमेत गरेका छन् । हुलाकमार्फत उजुरी आएपछि दाङ प्रहरी कानूनी परामर्शमा लागेको छ ।

दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले हिजो प्रमुख जिल्ला अधिकारी र जिल्ला न्यायाधीवक्तासँग कानूनी परामर्श लिएको स्रोतले बतायो । एसपी, सिडिओ र जिल्ला न्यायाधीवक्ताबीच हिजो यस विषयमा गम्भीर छलफल भएको छ, स्रोतले  भन्यो छलफलमा चेक अनादर मात्रै नभई ठगी तथा जालसाजीको कसुर पनि आकर्षित हुने निष्कर्ष निकालिएको छ ।

चेकमा गलत लेखाइ र नक्कली हस्ताक्षर गरी ठगी गर्ने उद्देश्य देखिन आएकाले ठगीको कसुर समेत आकर्षित हुने निष्कर्ष निकालिएको हो । सांसद चौधरीले चेकमा गरेको गडबडी एभरेष्ट बैंक स्रोतले पुष्टि गर्‍यो । मेटमणिको हस्ताक्षर नै मिल्दैन । करोड लेखेको पनि बुझिँदैन बैंक स्रोतले भन्यो चेकमा लेखिए बमोजिम पर्याप्त रकम पनि खातामा छैन ।

स्रोतको दाबीअनुसार चौधरीले शहरी विकास मन्त्री भएका बेला सेटिङमा विभिन्न ठेक्काको काम दिलाइदिने भन्दै कमिसन बापत बुढासँग पटक पटक गरी ५ करोड ४० लाख रुपैयाँ बैंकिङ माध्यमबाटै लगेका थिए । पैसा लगेर ठेक्का दिलाउन नसकेपछि उनीहरूबीच लफडा सुरू भएको स्रोतको भनाइ छ ।

सांसद चौधरीले तत्काल रकम फिर्ता गर्न नसकेपछि फर्जी हस्ताक्षर गरेर बैंकको चेक दिएका हुन् स्रोतले भन्यो । उनका स्वकीय सचिव सुदन खनालले भने चौधरीको चेक हराएको दाबी गरे । उनले  भने माननीयज्यूको चेक हराएको थियो कुन चैँ बदमासले आफैँ अंक भरेर बाउन्स गरेछ । माननीय ज्यूको हस्ताक्षर नै मिल्दैन । सांसद चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...