प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच बालुवाटारमा डेढ घन्टा छलफल



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा करिब डेढ घन्टा सघन छलफल भएको छ । स्रोतका अनुसार, पूर्वराष्ट्रपति भण्डारी साँझ ७ बजे बालुवाटार पुगेकि थिइन् । उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयहरू र भावी रणनीतिबारे कुराकानी भएको बताइएको छ ।

स्रोतका अनुसार, भेटमा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो हालैको चीन भ्रमणका विषयमा पनि जानकारी गराएकाे बताइएको छ । पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा तिक्तता आएको टीका टिप्पणी भइरहेका बेला भएको उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

भण्डारी एमालेको भावी अध्यक्षको आकांक्षासहित राजनीतिमा सक्रिय हुन खोजीरहेकी छन् । यसप्रति ओली खुसी छैनन् । ओलीकै प्रस्तावमा भण्डारी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन् । तर, पछिल्लो समय उनीहरूबीचको सम्बन्ध सुमधुर छैन । तिक्ततापूर्ण सम्बन्धका बीच उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...