दाउन्ने सडक हिलाम्मे, लामो ट्राफिक जाम



हाम्रो इकोनोमि

 

 

 वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड हिलाम्मे भएपछि सवारी आवागमन प्रभावित भएको छ । दाउन्नको सडक हिलोले चिप्लो भएपछि सवारी साधनहरु उकालो उक्लिन सकेका छैनन् ।

निर्माणाधीन सडक हिलाम्मे हुँदा सवारी साधनहरू दुम्किबासबाट दाउन्नेको उकालो चढ्न नसकेका इलाका प्रहरी कार्यालय दुम्किबास नवलपुरले जनाएको छ । त्यसैले सवारी साधनहरुको लामो लाइन लागेको छ । घण्टौंसम्म सडकै रोकिनुपर्दा यात्रुहरु हैरान छन् ।

 पानी परेर सडकमा हिलो भएकाले लोड गरेका गाडीहरु चल्न सकेका छैनन् । अरु गाडीहरु भने विस्तारै–विस्तारै चलेका छन् । तर निर्वाध सन्चालन हुन नसक्दा सवारी साधनहरुको लामो लाइन लागेको छ ।

अँस्तिदेखि नै दाउन्ने खण्डमा सवारी साधन सहजसँग चल्न सकेका छैनन् । त्यहाँ एउटा ट्रक बिग्रिएर रोकिएकाले ट्राफिक जाम भएको थियो । सो ट्रकलाई साइड लगाइसकिए पनि हिलाम्मे सडकमा सवारी साधन सन्चालनमा बाधा पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...