पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका छन् । दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनार रहेका छन् ।  पूर्वखोला गाउँपालिका ५ वीरकोटस्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडकखण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप सडकबाट खसेको थियो ।

जीप दुर्घटना हुँदा तीन जना घाइते भएका थिए । गम्भीर घाइते ढुंगानालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीले जानकारी दिए ।  रेशमलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी ले  बताए ।

दुर्घटनामा घाइते भएका सवारी चालक बुटवल उपमहानगरपालिका-११ का ३० वर्षीय राजु खड्काको अवस्था पनि गम्भीर छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । अण्डा लोड गरेको जीप सडकदेखि ३०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ  छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...