हामी रत्नपार्कमा छौं कि शहीद गेटमा : सांसद थापा
प्रनिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुको नाराबाजीका बजेटमाथिको छलफल जारी रहेका बेला नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरेका छन् ।
संसद बैठक मर्यादित हुनुपर्ने भन्दै उनले अहिले आफूहरु आफू कुन ठाउँमा छौं भन्ने थाहा नपाएको बताए । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले धारणा राखिरहेका बेला थापाले उठेर प्रतिनिधि सभा नियमावली २० को व्यवस्थाबारे ध्यानाकर्षण गराए ।
उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ । उनले रास्वपा सांसदहरुतर्फ इंगित गर्दै भने, ‘माननीय सदस्यहरुका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीय सदस्यहरु भेट्न पाइरहेका छैनन् ।


