फेसबुकमा पीडा पोखेका डाक्टर सम्पर्कविहीन



हाम्रो इकोनोमि

 

 

रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत डा. केशव श्रेष्ठले आफूलाई अन्यायमा पारिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमै सुसाइड नोट लेखेर सम्पर्कविहीन बनेका छन् । प्रहरीले उनको खोजी गरिररहेको छ ।

आफूले न्याय पाउने आधार नदेखेपछि मृत्यु स्वीकार्न लागेको भन्दै उनले फेसबुकमा सुसाइड नोट लेखेका हुन् । उनको खोजीमा काठमाडौं, हेटौंडा र रामेछापमा प्रहरी परिचालन भएका छन् । तर, अहिलेसम्म केही पनि पत्तो लागेको छैन । श्रेष्ठको फोनमा सम्पर्क हुन नसकेको र उनकी पत्नीको फोन पनि नउठेको प्रहरी स्रोतले बतायो । श्रेष्ठको फोन ट्र्याक गर्दा अन्तिम लोकेसन काठमाडौंको गोपिकृष्ण हलमा देखिएको छ । त्यहाँबाट उनी सम्पर्कविहिन बनेका छन् । प्रहरीले गोपिकृष्ण आसपासका सबै सिसिटीभी फुटेजहरु मगाएर अध्ययन गरिरहेको छ ।

श्रेष्ठका अनुसार उनले करारको जागीरबाट सुरु गरेर नेपाल प्रहरी हुँदै बागमती प्रदेशको लोकसेवाबाट नाम निकालेका थिए । करिब २५ महिना जिल्ला अस्पतालमा सेवा गर्दा १८ महिना निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर चलाएको उनले उल्लेख गरेका छन् ।

दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागेँ । म प्रमुख भएपछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागा–भाग हुन थाल्यो, उनी लेख्छन्, ‘रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धमा लगाइ नै राखे पनि म डटेर नै काम गरेँ । एउटा व्यवस्थित अस्पताल बनाएँ पनि, हरेक कुरालाई सिस्टममा लिएर आएँ ।

रामेछापकै कर्मचारी केदार कार्कीले मागेको पैसा नदिदा अनि भनेको कार्यालय सहयोगीलाई जागीर नलगाउदा आफूले कारवाही गरेका डाक्टरहरू लाई प्रयोग गरी झूठा आरोपहरू लगाएर आफ्नो सरुवा गराएको श्रेष्ठले उल्लेख गरेका छन् ।

‘बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य बनाइयो,’ उनले लेखेका छन्, ‘मैले बुझबुझारथ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेकोलाई गाड़ीमा रामेछाप पठाईयो । मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अलपत्र पारे । सरुवा गरिएको छ हेटौडा अस्पतालमा, तर हाजिर गराईएको छ मन्त्रालयमा । मलाई धेरै दु:ख दिए, अहिले यो दुख/पीडा सहन अनि सोचन पनि सकेको छैन । मैले जिन्दगीबाट नै हार खाएँ । कतैबाट केही साथ/सहयोग पाउन सकिनँ ।

 

हेर्नुस स्टाटस

 

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...