एमालेनिकट कानून व्यवसायीको अध्यक्षमा अमर थापा विजयी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी भएका छन् । उनले २५६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी संस्थापनका उम्मेदवार ओमप्रसाद थपलियाले २१३ मत ल्याए ।

यस्तै खुला उपाध्यक्षमा भिमसेन बन्जरा निर्विरोध निर्वाचित भए । महिला उपाध्यक्षमा ३०५ मतसहित यसोदा देवी खरेल विजयी हुँदा हिमा देवी बस्नेतले १५२ मत ल्याइन् ।

महासचिवमा भुवन प्रसाद निरौला १६३ मत ल्याएर विजयी भए । चूडामणि पौडेलले ७४ मत ल्याए शिव अर्यालले ११६ देवी प्रसाद भट्टराईले ८३ शान्तिराम खतिवडाले २७ मत ल्याए । त्यसैगरी उपमहासचिवमा बाबुराम राई २१७ मतका साथ विजयी हुँदा बालकृष्ण आचार्यले १२१ र सहकुल खत्रीले ११८ मत पाए ।

सचिवमा युवक कुमार गौतम १३९ र मुकुन्द प्रसाद अधिकारी १३१ मतका साथ विजयी भए । अधिकारी र हरिप्रसाद मैनालीको समान १३१ मत आएको भएपनि गोलाबाट अधिकारी विजयी भएका हुन् । सचिवमा अनिता गुरुङ २२७ मतका साथ विजयी हुँदा राधिका खतिवडाले २२२ मत पाइन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...