इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

 

 इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । गएराति इजरायलको तेल अविवमै इरानले आक्रमण गरेको हो । बीबीसीका अनुसार इरानले तेल अविवको ब्याट याम र ताम्रा शहरमा ड्रोनमार्फत मिसाइल आक्रमण गरेको छ ।

आक्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु र १०० बढी घाइते भएका छन् । मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षको बच्चा रहेको बीबीसीले जनाएको छ । यसैगरी ताम्रामा कम्तीमा ५ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणबाट घरहरुमा क्षति पुगेको छ । उद्धारकर्ताहरु भग्नावशेष पन्छाउँदै उद्धार कार्यमा सक्रिय छन् ।इजरायलले भने इरानको परमाणु केन्द्रसँग सम्बन्धित संरचनामा आक्रमण गरेको छ । आक्रमणबाट इरानको रक्षा मन्त्रालयसँगै अनुसन्धान संस्थामा क्षति पुगेको बताइएको छ ।

इरानले इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी)ले शनिबार राति गरेको आक्रमणबारे विज्ञप्तिमार्फत जानकारी दिएको छ । आईआरजीसीका अनुसार इजरायलको फाइटर जेटको इन्धन बन्ने ठाउँमा र बिजुली प्रसारण केन्द्रमा आक्रमण गरिएको छ । यसैगरी इरानले इजरायलका तीन क्रुज मिसाइल, १० ड्रोन र अन्य धेरै साना ड्रोनहरुलाई आकाशमै ध्वस्त पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...