एयर इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित सबै २४२ यात्रुको मृत्यु



हाम्रो इकोनोमि

 

 

भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अधिकांशको मृत्यु भएको छ । बिहिबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । दुर्घटनामा कोही पनि जिवित भेटिने आशा नदेखिएको अहमदाबादका पुलिस कमिश्नर जीएस मलिकको भनाइ उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । उनका अनुसार घाइते अवस्थामा अस्पताल लगिएका यात्रुहरुको अवस्था पनि अत्यन्तै गम्भीर छ र बचाउन मुश्किल देखिएको छ ।
दुर्घटनास्थलमा अहिलेसम्म १०० जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दुर्घटनामा परेको विमान बोइङ ७८७–८ एयरक्र्याफट हो । बिहिबार दिउँसो १ः३८ बजे -भारतीय समय- रने–वे बाट टेक अफ गरेको विमान १ः४० मै तल खसेको थियो । विमाननस्थलकै पर्खाल र एयर कस्टम कार्गो अफिस नजिकै विमान ठोक्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार विमान उडान भर्दादेखि नै निकै तल उडिरहेको थियो । दुर्घटनापछि विमान दुई टुक्रा भएको निकै ठूलो आगोको मुस्लो देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

अहमदाबादको सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे बाट टेकअफ गरेको केही मिनेटमै विमान नजिकै भवनमा ठोक्कियो । विमान ठोक्किएको पाँचतले भवन अहमदाबादको अस्पतालका डाक्टरहरुको आवास भएको बताइएको छ । विमान खसेर आगलागी हुँदा १५ जना डाक्टर घाइते भएका विवरणहरु आएका छन् । दुर्घटनापछि एयर इन्डियाले यात्रुका आफन्तलाई सहजीकरण र सूचना दिन हटलाइन नम्बर जारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...