प्रचण्डले भने : माधव नेपाल र विप्लवसँग पार्टी एकता हुन्छ



हाम्रो इकोनोमि

 

 

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे । उनले विप्लव नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको नेकपा एस र महेन्द्रराय नेतृत्वको नेसपाबीच समाजवादी मोर्चा बनेको उल्लेख गर्दै एकताबारे पनि छलफल भइरहेको बताए ।

उनले भने हामी सबैलाई यो पार्टीमा एकताबद्ध गराएर आउने दिनमा माओवादीलाई देशको पहिलो बनाउने बनाउने, जसरी ०६४ को निर्वाचनमा एक नम्बरको बनेको थियो, त्यो बच्न सकेन, फेरि एक नम्बरको पार्टी बनाउने, जनताले खोजेजस्तो सुशासन, समृद्धि, सामाजिक न्याय दिने र समाजवादको यात्रा तय गर्ने भनेर लागेका छौँ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...