खरो रूपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन



हाम्रो इकोनोमि

 

 

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिने षड्यन्त्र गरिरहेको बताएका छन् । वाईसीएलको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै नेतृत्वको आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो बनाएर प्रस्तुत हुन निर्देशन दिए ।

उनले भने प्रतिक्रियावादी प्रतिगमनकारीहरूले हामीले जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन् । कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिस भइरहेका छन् ।

उनले नवनिर्वाचित पदाधिकारीलाई वाइसीएलको जनरल स्टाफ भएको भन्दै पार्टीको आदेशमा चल्न निर्देशन दिए । उनले भने अब तपाईँहरूको टिम जनरल स्टाफ जस्तै हो। तपाईँहरूले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो साबित गर्नुहुनेमा म विश्वास व्यक्त गर्छु ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...