सूर्यविनायक एमालेका मेयर थापाको पद निलम्बन नहुने



हाम्रो इकोनोमि

 

 

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँगै मुद्दा परेका भक्तपुरको सूर्यविनायक नगरपालिका एमालेका मेयर वासुदेव थापाको पद निलम्बन नहुने भएको छ । अख्तियारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने बित्तिकै निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपालको भने सांसद पद स्वतः निलम्बन भइसकेको छ ।

मेयर थापाले पनि हदबन्दी छुट जग्गा किनेका थिए । त्यसैको आधारमा उनलाई अख्तियारले प्रतिवादी बनाएको हो । त्यही जग्गा जफतको प्रयोजनको लागि मात्रै उनीलाई प्रतिवादी बनाइएकाले मेयर पद निलम्बन नहुने अख्तियारका सहायक प्रवक्ता उपसचिव देवीप्रसाद थपलियाले बताए । यसअघि ललिता निवास प्रकरणमा पनि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको पनि जग्गा जफतमात्र भएको थियो ।

प्रमुख थापाले आफूले साविक साँगा गाविस ४ (ख) को कित्ता नम्बर ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजारमा खरिद गरेको भन्ने गत कात्तिकमा अख्तियारमा बयान दिएका थिए । बयानमा उनले आफूलाई उक्त जग्गा पतञ्जलीको जग्गा भएको जानकारी नभएकाले डिल्लीध्वज बराइलीसँग किनेको बताएका थिए । साथै आफूले वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी रित पुर्‍याई खरिद गरेको बयान दिएका थिए । जग्गा जफत प्रयोजनका लागि प्रमुख थापासहित २८ जना र २ कम्पनीलाई प्रतिवादी बनाएको छ । बाँकी ६३ जनालाई भने बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी बनाइएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...