गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन : मुख्य सचेतक बर्तौला
सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नको लागि समिति नबन्ने प्रष्ट पारेका छन् । विपक्षीले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन अवरोध जारी राखेको बेलामा अहिले कुनै समिति नबन्ने बताए ।
उनले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग भने गृहमन्त्रीले सांसदबाट जवाफ दिन्छु भनेर पटक पटक भनिराख्नुभएको छ । त्यो अवसर विपक्षीले दिइरहेको छैन । पहिले उहाँको कुरा सुन्नुपर्छ । गृहमन्त्रीको राजीनामा पनि हुने कुरा छैन । उहाँहरूले भनेजस्तो कुनै समिति पनि बन्दैन । उनले विपक्षीले अपरिपक्व ढङ्गले माग राखेको भन्दै पुनर्विचार गर्न आग्रह गरे ।


