संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

 नेकपा (एमाले)का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था संघीय संसद्लाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन् । संसद् संवादको थलो भएकोले संसदमा सबै खालका समस्याको छलफल गरी निकास निकाल्नु पर्ने भट्टराईको धारणा छ । ‘संवाद गर्ने थलो संसद् हो’, सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन् ।

गृहमन्त्रीको राजीनामा माग गर्दै केही दिनदेखि प्रतिपक्षले संसद् अवरुद्ध गरेको विषयलाई लिएर भट्टराईले एमालेको हिजो पनि त्यही अडान रहेको र आज पनि त्यही अडान कायम रहेको स्पष्ट पारेका छन् । ‘हाम्रो अडान हिजो पनि त्यही थियो, आज पनि त्यही छ, संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ, संसद् सुचारु गर्नुपर्छ’, उनको धारणा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सहकारी ठगी प्रकरणमा राजीनामा दिनुपर्ने माग राख्दै नेपाली कांग्रेस लगायत तत्कालीन प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेका थिए । अहिले भिजिट भिसा प्रकरणमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद् अवरुद्ध गरेका छन् ।

‘तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपसहित तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कुरा उठायो, रविजीले संसदमा बोल्ने समय माग्नु भयो, कांग्रेसले बोल्न नदिने अडान लियो, हामीले कांग्रेसको अडान गलत छ, गृह मन्त्रीलाई बोल्न दिनु पर्छ भन्यौँ, अन्ततः कांग्रेस अडानबाट पछि हट्यो, रविजीले संसद्को रोस्टमबाट आफ्नो बचाउ गर्नु भयो’, विगतको घटना स्मरण गराउँदै भट्टराईले लेखेका छन्– ‘आज साइकलको पाङ्ग्रा त्यही ठाउँमा आइपुग्यो, हिजो गृह मन्त्रीलाई बोल्न नदिने आज सत्ता पक्ष, गृह मन्त्रीलाई बोल्न दिनुपर्छ भन्नेहरू प्रतिपक्ष ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...