संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

 नेकपा (एमाले)का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था संघीय संसद्लाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका छन् । संसद् संवादको थलो भएकोले संसदमा सबै खालका समस्याको छलफल गरी निकास निकाल्नु पर्ने भट्टराईको धारणा छ । ‘संवाद गर्ने थलो संसद् हो’, सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन् ।

गृहमन्त्रीको राजीनामा माग गर्दै केही दिनदेखि प्रतिपक्षले संसद् अवरुद्ध गरेको विषयलाई लिएर भट्टराईले एमालेको हिजो पनि त्यही अडान रहेको र आज पनि त्यही अडान कायम रहेको स्पष्ट पारेका छन् । ‘हाम्रो अडान हिजो पनि त्यही थियो, आज पनि त्यही छ, संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ, संसद् सुचारु गर्नुपर्छ’, उनको धारणा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सहकारी ठगी प्रकरणमा राजीनामा दिनुपर्ने माग राख्दै नेपाली कांग्रेस लगायत तत्कालीन प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेका थिए । अहिले भिजिट भिसा प्रकरणमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद् अवरुद्ध गरेका छन् ।

‘तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपसहित तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कुरा उठायो, रविजीले संसदमा बोल्ने समय माग्नु भयो, कांग्रेसले बोल्न नदिने अडान लियो, हामीले कांग्रेसको अडान गलत छ, गृह मन्त्रीलाई बोल्न दिनु पर्छ भन्यौँ, अन्ततः कांग्रेस अडानबाट पछि हट्यो, रविजीले संसद्को रोस्टमबाट आफ्नो बचाउ गर्नु भयो’, विगतको घटना स्मरण गराउँदै भट्टराईले लेखेका छन्– ‘आज साइकलको पाङ्ग्रा त्यही ठाउँमा आइपुग्यो, हिजो गृह मन्त्रीलाई बोल्न नदिने आज सत्ता पक्ष, गृह मन्त्रीलाई बोल्न दिनुपर्छ भन्नेहरू प्रतिपक्ष ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...