संसदका दुवै सदन अवरुद्ध गर्ने विपक्षी दलको तयारी



हाम्रो इकोनोमि

 

 

विपक्षी दलहरुले संघीय संसदका दुवै सदनका बैठक आज अवरुद्ध गर्ने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन् ।

आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको छ । जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत भएपछि आज पहिलोपटक संसद बैठक बस्न लागेको हो । गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसामा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्दा गृहमन्त्री लेखकको सचिवालयका सदस्यहरु समेत मुछिएपछि मन्त्री लेखकमाथि पनि छानबिन गर्नुपर्ने माग विपक्षी दलहरुले राखेका छन् । छानबिनलाई सघाउन मन्त्री लेखकले राजीनामा दिनुपर्ने माग समेत उनीहरुको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने बताए । बजेट भाषणको भोलिपल्ट अर्थात् जेठ १६ गते बसेको माओवादी केन्द्रको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदमा अवरोध जारी राख्ने निर्णय गरेको थियो । यसैगरी जेठ १९ गते बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानविन आयोगमार्फत गृहमन्त्री लेखकमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि उनले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...