संसद् अवरोध हुँदैन, गृहमन्त्रीको राजीनामा पनि आउदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने बताएका छन् । संसदीय दलको बैठकमा बोल्दै ओलीले विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्ने बताएका हुन् । ‘यसरी चल्दैन । तपाईँहरू तयारी भएर बस्नुहोस् । उहाँहरू (विपक्षी) कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ ओलीले भने । संसद् चलाउन प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजेपनि सम्भव नभएको ओलीले बताए ।
‘धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नुभएको छैन । उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला’, ओलीले भने म भन्न चाहन्छु, यस्तो नचाहिदा कुरामा संसद रोकेर देशलाई बर्वाद पार्ने काम गर्न हुँदैन । ओलीले गृहमन्त्रीको राजीनामा नआउने पनि बताए ।


