गृहमन्त्रीले राजीनामा दिनुपर्दैन : कांग्रेस



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने कुरा दोहोर्‍याएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले कुनै मुद्दा नै नपरेकाले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

उनले भने, ‘मन्त्रीमाथि अख्तियारले आरोप लगाएका छैन । आरोप लागेको कर्मचारीमाथि छानबिन भइरहेको छ । उहाँमाथि छानबिन, आरोप नै नभई राजीनामा दिनुपर्छ भन्ने माग चाहिँ उपयुक्त भएन । हिजो रवि लामिछानेको विषयमा प्रमाणसहित आउँदा पनि हामीले राजीनामाको सट्टा छानबिन समिति माग गरेका हौँ । सीधा आरोप थियो । प्रवक्ता महतले अख्तियार संवैधानिक निकाय भएकाले हस्तक्षेप गर्न नसक्ने हुँदा राजीनामा दिन नपर्ने निष्कर्षमा पुगेको बताए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...