नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राखौं : सूर्य थापा



हाम्रो इकोनोमि

 

नेकपा एमालेका सांसद सूर्य थापाले नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् । आज अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी  विधेयकसम्बन्धी दफाबार छलफलको क्रममा थापाले नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्ने तर्क गरे । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल पनि बैठकमा उपस्थित थिए । नोटमा आग्रह, पूर्वाग्रह सबैखाले पर्खाल भत्काउनुपर्ने थापाले बताए ।

उनले भने, ‘म राजावादी हैन, राजतन्त्र फाल्न लडेको मान्छे हुँ । तर, पृथ्वीनारायणशाहलाई राजावादीले मात्र मान्ने हैन । सबै नेपालीले मान्नुपर्छ । नोटमा पृथ्वीनारायण शाह तस्बिर अंकित नोटको थालनी गर्नुपर्छ । पृथ्वीनारायण शाहकै तस्बिर छैन, के नोट रु पृथ्वीनारायण शाहले रजौटाबाट राजा हुन एकीकरण थाल्नुभयो होला । तर, परिणाममा त्यो नेपालको एकीकरण भयो । नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्छ । नोटमा राखिएका तस्बिर बोकेर हिँड्दा गौरवबोध हुनुपर्ने भन्दै थापाले बुद्धलाई पनि नोटमा राख्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...