नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा गजेन्द्र थपलिया निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन् । हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो ।

अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी डा. दिपेन्द्र भण्डारीले १०४ मत ल्याए । उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी बिपिन कुमार चित्रकारले १०२ मत पाए । सचिव पदमा भने डा. अर्जुन कुमार सिंहले ९६ मत ल्याउँदा प्रा.डा. इश्वरी कडरियाले १६१ मत प्राप्त गरेर निर्वाचित भए । महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा. दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा. लाक्पा शेर्पा, प्रचार सचिव डा. टीका ढकाल तथा आर्थिक सचिव कृष्ण कुमार लम्साल सर्वसम्मत चयन भएका पदाधिकारी हुन् । थपलियाले निर्वाचनपछिको मन्तव्यमा आफू बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट नेतृत्वमा पुगेको बताएका छन्। परिषद् आफ्नो परिवारभन्दा पनि प्रिय भएको उल्लेख गर्दै उनले सबैको साथ र विश्वासप्रति आभार व्यक्त गरे ।

निवर्तमान अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले परिषद्ले पछिल्ला वर्षहरूमा विचार, बहस र नीतिगत हस्तक्षेपमार्फत मुलुकको राजनीतिक तथा सामाजिक क्षेत्रलाई प्रभाव पार्ने प्रयास गरेको बताए। अब नेतृत्व परिवर्तनसँगै त्यो भूमिका अझै सशक्त र संस्थागत बन्नुपर्नेमा उनले जोड दिए । परिषद्को उद्घाटन कार्यक्रम एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उनले परिषद्को बौद्धिक भूमिकाको प्रशंसा गर्दै समाजमा सही विचारको नेतृत्व गर्न बुद्धिजीवी वर्गले अग्रपंक्तिमा रहनुपर्ने बताए। “तपाईंहरू बुद्धि बेचेर खाने वर्ग मात्र होइन, बौद्धिक वर्ग हो,” भन्दै ओलीले समाजमा गलत अभ्यास गर्नेहरूलाई चुनौती दिन र मार्गदर्शन गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको सन्देश दिँदै राजतन्त्र पुनःस्थापनाको प्रस्तावलाई असान्दर्भिक ठहर गरे। “लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बेला राजतन्त्रको कुरा उठाउनु अनुचित हो  भन्दै उनले स्पष्ट धारणा राखे । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति, योजना र चरित्र निर्माणमा बुद्धिजीवी वर्गको महत्त्वपूर्ण स्थान रहेको उल्लेख गर्दै राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे । उनका अनुसार एमालेमाथि चौतर्फी हमला हुनुको कारण राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएको पार्टी भएकै हो ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...