राजावादी प्रदर्शनमा लाठीचार्ज, केही घाइते



हाम्रो इकोनोमि

 

 

आइतबारको राजावादी प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो । प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा- नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...