निषेधित्र क्षेत्र बाहिर पनि नियन्त्रण गर्न खोजिए मान्दैनौं : राजेन्द्र लिङदेन



हाम्रो इकोनोमि

 

 

राजावादी मोर्चाको आन्दोलन आज काठमाडौंको नारायणचौरमा सुरु भएको छ । यहाँबाट प्रधानमन्त्री निवास बालुवाटारतिर सोझिने तयारी आन्दोलकारीले गरेका छन् । नारायण चौरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निषेधित क्षेत्र तोड्ने योजना नरहेको तर प्रहरीले अनावश्यक नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने बताए ।

उनले भने, ‘एउटा जिम्मेवार नेतृत्वको हिसाबले मैले भनिराखेको छु, हामीले आजै निषेधित क्षेत्र तोडिहाल्ने कुनै योजना बनाएका छैनौं । तर, तपाईंहरुले कान खोलेर सुन्नुस, तपाईंहरुले जहाँ भन्यो, त्यहाँ जाने यताबाट हिँड उताबाट हिँड् भनेर नियन्त्रण गर्न खोज्नुभयो भने हामी मान्दैनौं ।’

लिङदेनले थपे, ‘प्रशासनबाट आदेश आउनुपर्ने हो कि, यहाँको कमाण्ड गरिराखेकोले निर्णय लिने हो कि, गृहमन्त्रीलाई सोध्नुपर्ने हो कि प्रधानमन्त्रीलाई सोध्नुपर्ने हो सोध्नुस् । हामी कुनै पनि प्रकारको मुठभेड चाहँदैनौं । तर तपाईंले तोकेको निषेधित क्षेत्रसम्म जान चाहन्छौं । कम्तिमा हिजो गएको ठाउँसम्म हामीले जान पाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...