राजावादीले भोलि नारायणहिटी अगाडि नै प्रदर्शन गर्ने



हाम्रो इकोनोमि

 

 

राजसंस्थाको पक्षमा सुरु गरिएको ‘संयुक्त जनआन्दोलन’ विस्तारै संवेदनशील स्थानहरुमा प्रवेश गर्न थालेको छ । सरकारमाथि दबाब बढाउँदै राजावादीहरुले भोलि नारायणहिटी दरबारकै अगाडि जनप्रदर्शनको तयारी गरेका छन् । हिजो पहिलो दिनको आन्दोलन रत्नपार्क केन्द्रित भएको थियो । दोस्रो दिन आज माइतीघरमा सर्यो । भोलि भने नारायणहिटी दरबारको नाकैमा प्रदर्शन गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । आन्दोलन शान्तिपूर्ण नै हुने उनको भनाइ छ ।

हाम्राे हिंसा भड्काउने रणनीति अहिले छैन, सरकारबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गरेका छौं’ उनले भने । नारायणहिटी भित्रै पस्ने योजना त छैन नि भन्ने प्रश्नमा श्रेष्ठले जवाफ दिए, अहिले त्यस्तो छैन । हामी शान्तिपूर्ण माध्यमबाटै नविन समझदारीका लागि दवाव दिइरहेका छौं । सरकारले शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गरिरह्यो भने चाहिँ हामीले पनि कठोर निर्णय लिनुपर्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...