शिक्षालाई सबैभन्दा बढी बजेट विनियोजन



हाम्रो इकोनोमि

 

 

सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरेको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपियाँ छुट्याइएको थियो । यस वर्ष शिक्षालाई सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ । शिक्षा मन्त्रालयको बजेट गत वर्षको तुलनामा ७ अर्ब ५१ करोड रुपियाँले बढेको हो ।

के–के समेटिए ?

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को बजेटमा शिक्षा क्षेत्रमा धेरै नयाँ योजनाहरू समावेश नभए पनि केही नयाँ कार्यक्रम थपिएका छन् । गत वर्षका केही योजनाहरूलाई निरन्तरता दिइएको छ ।

शिक्षक बैंक स्थापना, कमाउँदै पढ्ने कार्यक्रम, हप्तामा २० घण्टा काम गर्न पाउने व्यवस्था, विदेशी विद्यार्थीलाई निःशुल्क भिसा, र एसईई परीक्षा प्रदेशले सञ्चालन गर्ने जस्ता नयाँ योजनाहरू समावेश छन् । बाँकी धेरैजसो योजनाहरू गत वर्षकै निरन्तरता हुन् । सरकारले नयाँ बजेटमार्फत शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, र समावेशीकरणलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

ती निम्न छन्ः

–१०० उत्कृष्ट विद्यालय प्रोत्साहन कार्यक्रम सञ्चालन हुनेछ । यी विद्यालयले अन्य विद्यालयलाई सहयोग गर्न २५ लाख रुपियाँ प्राप्त गर्नेछन् ।

–विद्यालय गाभ्ने र शिक्षक दरबन्दी पुनरावलोकन गरिनेछ। नक्साङ्कन शिक्षक र विद्यार्थी सङ्ख्या, भौगोलिक अवस्थालाई आधार मानेर गरिनेछ ।

–अङ्ग्रेजी, विज्ञान, र गणित शिक्षकको अभाव रोक्न शिक्षक बैंक स्थापना गरिनेछ। स्नातक विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाइनेछ ।

–एसईई परीक्षा सञ्चालन अब प्रदेश तहबाट हुनेछ ।

दिवा खाजा कार्यक्रमको बजेट बढाएर १० अर्ब १९ करोड पु¥याइएको छ, जसबाट २८ लाख विद्यार्थी लाभान्वित हुनेछन् ।

–स्यानिटरी प्याड वितरणका लागि १ अर्ब २९ करोड, जसबाट १३ लाख छात्रालाई लाभ पुग्नेछ ।

–विपन्न र हिमाली क्षेत्रका लागि छात्रवृत्ति कार्यक्रम जारी रहनेछ । मुसहर, डोम, चमार समुदायका लागि २ अर्ब ४४ करोड छुट्याइएको छ ।

–विद्यालय कर्मचारी र बालविकास सहयोगीको पारिश्रमिकका लागि १० अर्ब १६ करोड विनियोजन गरिएको छ ।

–डिजिटल सिकाइ पोर्टल र अपाङ्गता भएका विद्यार्थीका लागि छात्रावासको व्यवस्था गरिनेछ ।

–राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भीडभाड भएका विद्यालयमा पूर्वाधार निर्माणका लागि पुँजीगत अनुदान दिइनेछ ।

–नमुना विद्यालय निर्माण सम्पन्न गर्न २ अर्ब ७२ करोड छुट्याइएको छ ।

–उच्च शिक्षामा सुधार गर्न एकीकृत छाता ऐन निर्माण गरिनेछ । विदेश अध्ययनका लागि जाने प्रवृत्ति कम गर्ने प्रयास गरिनेछ ।

–शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ भने विदुषी योगमाया विश्वविद्यालयको पूर्वाधार निर्माण गरिनेछ ।

–विदेशी विद्यार्थीलाई निःशुल्क भिसा र अभिभावकलाई बहुप्रवेश भिसाको सुविधा दिइनेछ।

–बर्दिबास, बुटवल, सुर्खेत, र डडेल्धुरामा मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि ५६ करोड विनियोजन ।

–सीटीईभीटीमार्फत २६,९०० युवालाई ६ महिनाभन्दा लामो तालिम दिइनेछ ।

–कमाउँदै पढ्ने कार्यक्रमअन्तर्गत हप्तामा २० घण्टा कामको न्यूनतम ज्यालासहितको नयाँ योजना ल्याइनेछ ।

–चिकित्साशास्त्र, इन्जिनियरिङ, सूचना प्रविधि, नर्सिङलगायत प्राविधिक विषयमा जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिनेछ ।

–सेवाको प्रकृतिका आधारमा सार्वजनिक निकायमा इन्टर्न परिचालन गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...