गणतन्त्र उत्सव मनाउँदै एमाले



हाम्रो इकोनोमि

 

 

प्रमुख सत्तारुढ दल नेकपा (एमाले)ले आज गणतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा गणतन्त्र उत्सव मनाउँदैछ । भृकुटीमण्डपमा बिहान ११ बजेदेखि २ बजेसम्म गणतन्त्र उत्सव कार्यक्रम हुन लागेको हो ।

आइतबार बसेको एमालेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन सांस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको थियो । सोही अनुसार आज एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउन काठमाडौं उपत्यकाको भृकुटीमण्डपमा र जिल्लाजिल्लामा पनि विशेष कार्यक्रम गर्दैछ ।

एमाले महासचिव शंकर पोखरेलले गणतन्त्र उत्सव कसैको विरोधमा नभएको बताए । महासचिव पोखरेलले जनताको उपलब्धिको खुशियाली प्रकट गर्न कार्यक्रम गर्न लागेको बताए । हामीले कसैको विरोधमा होइन जनताको उपलब्धिको खुशियाली प्रकट गर्ने उत्सवका रूपमा कार्यक्रम गर्न लागेका हौँ महासचिव पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...