संसद्मा बजेट प्रस्तुत गर्न दिन्छौं : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ । कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् । संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं’ उनले भने ।
रास्वपा सहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिषा प्रकरणमाथि छानबीनको माग राखेर संसद् अवरोध गरिरहेका छन् । तर संवैधानिक व्यवस्था बमोजिम भोलि (१५ जेठमा) प्रस्तुत हुनुपर्ने आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत हुन दिने रास्वपा नेता झाले बताए ।
उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको माग नरहेको पनि बताए । गृहमनत्री अघि बोल्न हामीले पाउनुपर्छ भन्ने हाम्रो माग हो । बोल्नै नदिने भनेका छैनौं’ उनले भने ।


