राप्रपाका तीन सांसदको पीएसओ फिर्ता



हाम्रो इकोनोमि

 

 

सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता बोलाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका स्वकीय सचिवले तीन जना सांसदहरुको पीएसओ  फिर्ता बोलाएको बताए ।  उनले भने,  प्रमुख सचेतक ज्‍यू, सांसदहरू  ध्रुवबहादुर प्रधान र दीपक सिंह पीएसओ फिर्ता भएको छ ।  यसै विषयमा उहाँहरू अहिले बैठक बसिरहनु भएको छ । शाही राप्रपाका प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआइजीपी रहेकोले उनीहरूलाई सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...