एमालेलाई टुँडिखेल, राजावादीलाई रिंगरोड बाहिरै राख्ने तयारी



हाम्रो इकोनोमि

 

 

गणतन्त्र दिवसका अवसरमा भोलि बिहीबार नेकपा -एमाले- ले काठमाडौंको टुँडिखेल वरिपरि कार्यक्रम गर्न अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालयबाट टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न भनेर अनुमति लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले  बताए ।

गणतन्त्र दिवसकै दिनबाट राजावादीहरूको संयुक्त मोर्चाले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दैछ । नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको संयुक्त जनआन्दोलन काठमाडौं केन्द्रित हुनेछ । तर, समितिले अहिलेसम्म कुनै पनि ठाउँमा प्रदर्शन गर्नका लागि अनुमति नमागेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।

राजावादीहरूले भोलिबाट हुने आन्दोलन व्यवस्था उल्टाउने जनविद्रोह भएकाले अनुमति लिइराख्नु नपर्ने बताएका छन् । यद्यपि, प्रशासनलाई जानकारी भने गराइने राप्रपा नेपालका एक प्रवक्ता राजाराम बर्तौला बताउँछन् । उनले भने हामी सम्भवतः लिखित रूपमा नै जानकारी गराउने छौँ । यसमा अनुमति पर्खेर चाहिँ बस्दैनौं । संयुक्त जनआन्दोलन समितिले यसअघि नै रत्नपार्कबाट आन्दोलन उठाउने घोषणा गरिसकेको छ । गत शनिवार आयोजित जागरण सभामा १५ गते दिउसो १२ बजे रत्नपार्कमा भेला हुन आह्वान गरिएको थियो ।

यता, प्रहरी उच्च स्रोतले भने राजावादीलाई रिङरोडभित्र कार्यक्रम गर्न नदिने रणनीति रहेको बतायो । स्रोतले भन्यो, राजनीतिक तहबाट भएको निर्देशन अनुसार राप्रपालाई रिंगरोड बाहिरका लागि मात्रै अनुमति दिने तयारी छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले उपत्यकाका विभिन्न प्रहरी युनिटसँग समन्वय भइरहेको बताए । उपत्यका प्रहरी कार्यालयको सुरक्षा योजनाबारे प्रधान कार्यालयलाई रिपोर्टिङ भएपछि मात्रै प्रहरीले आफ्नो योजना सार्वजनिक गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...