युवा संघ हाँक्ने क्षितिज थेबेको यस्तो छ पदाधिकारी टीम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पदाधिकारीमा एकजना बाहेक सबै क्षितिज थेबे प्यानल निर्वाचित भएका छन् । अध्यक्षमा थेबेले ७९६ मतका साथ बिजय हासिल गर्दा सुमन पुरीले ६०८ मत पाएका छन् । थेवे अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्षमा पनि थेबे प्यानलबाट महाराज गुरुङ र विनय शाह निर्वाचित भए । गुरुङले ८९५ र शाहले ७७३ मत पाए । पधिकारीमध्ये सर्वाधिक मत उपाध्यक्ष महाराज गुरुङले पाएका छन् ।

पुरी प्यानलका पर्वत भण्डारीले ६०३ र प्रकाश गौतमले ५३७ मत ल्याउँदै पराजित भए । महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ र उपमहासचिवमा उपेन्द्र शाही ८१५ मत ल्याउदै निर्वाचित भए । पुरी प्यानलका महासचिव कुबेर अधिकारीले ६४९ र उपमहासचिव खेमराज शर्माले ५८९ मत ल्याएर पराजित भए । खुला सचिवमा अरुण बहादुर कुवरले ६४८ र मदन भण्डारी ७९४ मतसहित निर्वाचित भए । अरुण पुरी प्यानलबाट निर्वाचित हुने एकमात्र पदाधिकारी हुन् । पराजित भएका देव बस्नेतले ४८१, ध्रुव खड्का ४३७ र वकिलबहादुर बमले ४४८ मत ल्याए ।

सचिव (मधेशी) तर्फ थेबे प्यानलका मोबिल अख्तर आलम र सचिव (महिला) तर्फ निशा लिम्बू सुब्बा निर्वाचित भए । आलमले ७४३ र सुब्बाले ६४६ मत पाए । सचिव (मधेशी) तर्फ प्रत्यासी चितरन्जन यादवले ४८० र सचिव (महिला) तर्फका प्रत्यासी रेशु तामाङले ६१४ मत प्राप्त गरे। पदाधिकारीमा सर्वाधिक कम मतान्तर महिला सचिव निशा लिम्बु र रेशु तामाङबीच भयो । रेशु निशासँग ३२ मतले स्तब्ध भइन् ।

कसले कति मत पाए ?

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...