युवा संघ हाँक्ने क्षितिज थेबेको यस्तो छ पदाधिकारी टीम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पदाधिकारीमा एकजना बाहेक सबै क्षितिज थेबे प्यानल निर्वाचित भएका छन् । अध्यक्षमा थेबेले ७९६ मतका साथ बिजय हासिल गर्दा सुमन पुरीले ६०८ मत पाएका छन् । थेवे अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्षमा पनि थेबे प्यानलबाट महाराज गुरुङ र विनय शाह निर्वाचित भए । गुरुङले ८९५ र शाहले ७७३ मत पाए । पधिकारीमध्ये सर्वाधिक मत उपाध्यक्ष महाराज गुरुङले पाएका छन् ।

पुरी प्यानलका पर्वत भण्डारीले ६०३ र प्रकाश गौतमले ५३७ मत ल्याउँदै पराजित भए । महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ र उपमहासचिवमा उपेन्द्र शाही ८१५ मत ल्याउदै निर्वाचित भए । पुरी प्यानलका महासचिव कुबेर अधिकारीले ६४९ र उपमहासचिव खेमराज शर्माले ५८९ मत ल्याएर पराजित भए । खुला सचिवमा अरुण बहादुर कुवरले ६४८ र मदन भण्डारी ७९४ मतसहित निर्वाचित भए । अरुण पुरी प्यानलबाट निर्वाचित हुने एकमात्र पदाधिकारी हुन् । पराजित भएका देव बस्नेतले ४८१, ध्रुव खड्का ४३७ र वकिलबहादुर बमले ४४८ मत ल्याए ।

सचिव (मधेशी) तर्फ थेबे प्यानलका मोबिल अख्तर आलम र सचिव (महिला) तर्फ निशा लिम्बू सुब्बा निर्वाचित भए । आलमले ७४३ र सुब्बाले ६४६ मत पाए । सचिव (मधेशी) तर्फ प्रत्यासी चितरन्जन यादवले ४८० र सचिव (महिला) तर्फका प्रत्यासी रेशु तामाङले ६१४ मत प्राप्त गरे। पदाधिकारीमा सर्वाधिक कम मतान्तर महिला सचिव निशा लिम्बु र रेशु तामाङबीच भयो । रेशु निशासँग ३२ मतले स्तब्ध भइन् ।

कसले कति मत पाए ?

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...