राजावादीहरूको आन्दोलन आफैँ बिलाएर जान्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीयताविरोधीहरुको प्रयास सफल नहुने दाबी गरेका छन् । शहिद लखन गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै सबै क्षेत्रको पहिचानसहितको यो संविधान बनेको बताए । उनले भने राजावादीहरूको आन्दोलन आफैँ बिलाएर जान्छ ।
उनले भने, यसको रक्षाको लागि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ , तर जनताको समस्या समाधान गर्ने कुरामा सुशासन सामाजिक न्याय र आर्थिक विकास दिने कुरा महत्त्वपूर्ण छ । हामी त्यतातर्फ केन्द्रित हुनुपर्छ । यो संविधान र व्यवस्था विरोधीहरू सफल हुने त कुनै सम्भावना छैन । तर हामीले जनतालाई सकारात्मक परिणाम दियौँ भने त्यो आफैँ बिलाएर जान्छ । तर सतर्क हुनुपर्ने आवश्यक छ ।


