बाजुरामा गाडी दुर्घटना, तीन जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

 बाजुराको विकट क्षेत्र जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा मङ्गलवार भएको गाडी दुर्घटनामा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

पिलुचौरबाट काँडाकोटतर्फ जाँदै गर्दा बा ५ च २२०९ नम्बरको टेलिकमको जीप काँडाकोट नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । टावरमा ब्याट्री फेर्नका लागि ब्याट्री लिएर गएको जीप सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुख लोक बहादुर खड्का, जीप चालक करन सिंह महता र सुरक्षा गार्ड रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

दुर्घटनामा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् र उनीहरू दुवै जना बाजुरा बुढिनन्दा नगरपालिका–२, कोल्टीका बासिन्दा हुन् । घाइते दुवै जनालाई सुरुमा कोल्टी अस्पताल लगिएको थियो । तर अवस्था गम्भीर भएपछि सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको छ ।दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...