बाजुरामा गाडी दुर्घटना, तीन जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

 बाजुराको विकट क्षेत्र जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा मङ्गलवार भएको गाडी दुर्घटनामा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

पिलुचौरबाट काँडाकोटतर्फ जाँदै गर्दा बा ५ च २२०९ नम्बरको टेलिकमको जीप काँडाकोट नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । टावरमा ब्याट्री फेर्नका लागि ब्याट्री लिएर गएको जीप सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुख लोक बहादुर खड्का, जीप चालक करन सिंह महता र सुरक्षा गार्ड रवीन्द्र धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

दुर्घटनामा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् र उनीहरू दुवै जना बाजुरा बुढिनन्दा नगरपालिका–२, कोल्टीका बासिन्दा हुन् । घाइते दुवै जनालाई सुरुमा कोल्टी अस्पताल लगिएको थियो । तर अवस्था गम्भीर भएपछि सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको छ ।दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...