युवा संघको चुनावमा फर्जी कार्ड



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय युवा संघको नयाँ नेतृत्वका लागि अहिले मतदान जारी छ । पोखरा सभागृहमा बिहान १० बजेबाट सुरू निर्वाचनमा फर्जी कार्ड बनाएर भोट हाल्न थालेपछि केहिबेर मतदानसमेत रोकियो ।

रौतहटका प्रतिनिधि शेख जैद आलमको कार्डमा अर्कैले फोटो राखेर भोट हाल्न खोजेपछि अन्य प्रतिनिधिले उनलाई रोकेका थिए । अहिले पुन: भोटिङ सुरू भएको छ । यो प्रकरणपछि डिजिटल कार्डधारी प्रतिनिधिलाई मात्र भोट हाल्न दिइएको छ । हस्तलिखित कार्डको हकमा भने छलफलपछि निर्णय हुने निर्वाचन आयोगले जनाएको छ । अध्यक्षका उम्मेदवार सुमन पुरीले सामाजिक सञ्जालमार्फत् फर्जी कार्डको विरोध जनाएका छन् ।

‘स्वस्थ प्रतिस्पर्धा यही हो त ? एकजना मान्छे उपस्थित छैन, उसको नाममा कार्ड बनाइन्छ । कार्डमा फोटो टाँसिन्छ । यही कार्ड लिएर अर्का मान्छे मतदान गर्न आउँछ, फर्काइन्छ । पछि प्रतिनिधि व्यवस्थापनले फेरि अर्को कार्ड बनाएर पठाउँछ । यो के हो ? हारको डरले ? यति गम्भीर बेइमानी, अनि पनि जित्नुपर्छ भन्ने लोभ ? उनले लेखेका छन् । बिहान १० बजेबाट सुरू मतदानमा १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । महाधिवेशनमा कुल १७६४ प्रतिनिधि छन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...