विपक्षीको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित



हाम्रो इकोनोमि

 

 

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेपछि आजै बस्ने गरी ३० मिनेटका लागि बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाको सुरुमै बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए ।

उनले अख्तियारले मुख्य आरोपित भनेको तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएको बताए । उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे । रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने घोषणा गरे ।खनालले राजनीतिक संरक्षणमा नै विमानस्थलमा लुटको धन्दा चलाइएको आरोप लगाए ।

उनले विवादित पृष्ठभूमिको सहसचिवलाई गृहमन्त्रीले किन अध्यागमनमा पठाएको ? त्यहाँ गृहमन्त्रीको पनि स्वार्थ जोडिएको हुनसक्ने भएकाले अनुसन्धान हुनुपर्ने बताए । उनले प्रहरी अनुसन्धानमा आशंका रहेको भन्दै आयोग बनाउनुपर्ने माग राखे । वर्षमान र शिशिरले बोलेपछि विपक्षी दलहरूले उठेर नाराबाजीमा उत्रेपछि सभामुखले बैठक स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...