गृहमन्त्रीको राजीनामा नआए सदन चल्न नदिने रास्वपाको तयारी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् ।

रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । यसबमोजिम आजको संसद बैठक अवरोध गर्ने तयारी रहेको पार्टी स्रोतले बतायो । स्रोतले भन्यो- ‘गृहमन्त्रीको राजीनामा हाम्रो बटमलाइन हो । राजीनामा नआएसम्म सदन सुचारु हुँदैन ।

रास्वपाको यो अडानले जेठ १५ मा हुने बजेट भाषण पनि प्रभावित बन्न सक्ने देखिएको छ । सत्ता गठबन्धन दलहरूले गृहमन्त्री लेखकको राजीनामाको विषय उछालेर विपक्षी दलहरूले बजेट रोक्न खोजेको आशंका गरेका छन् । संवैधानिक बाध्यताअनुसार सरकारले बिहीबार बजेट ल्याउनै पर्छ । तर, विपक्षी दलहरूले गृहमन्त्री नै मानव तस्करीमा संलग्न भएको भन्दै राजीनामा मागेका हुन ।

यसअघि रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सहकारीको विषय उठाउँदै लेखकले ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने’ बताएका थिए। त्यो आफ्नो अभिव्यक्ति उनलाई अहिले भारी परेको छ । रविमाथि छानबिनको माग राख्दै कांग्रेस सदनमा जुन हदसम्म गएको थियो भोलिबाट सुरु हुने बैठकमा रास्वपाले त्यसको बदला लिने तयारी गरेको छ ।

गृहमन्त्री भने यसबारे सदनमा जवाफ दिँदै सबै दोष कर्मचारीलाई थोपरेर पन्छिने दाउमा छन् । त्यसको प्रतिवाद रास्वपाले कडा रूपमा गर्दै छ । तर बजेट ल्याउनुपर्ने बाध्यताले सरकार दबाबमा छ । रास्वपाले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सहित सबै विपक्षी दलहरूलाई पनि आफूहरूको अडानमा साथ दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...