जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले राजावादीहरूले काठमाडौंमा जेठ १५ गते गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीको नाममा आतङ्क मच्चाउनेलाई कुनै स्थान नदिइने स्पष्ट पारे । ‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन् ओलीले भने ।

हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका भन्दै उनले प्रश्न गरे । ‘प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्या गर्दा यिनीहरू कहाँ गएका थिए, किन मरेनन् त, उनले प्रश्न गरे ।
राजावादीहरू कुनै उद्देश्यको लागि नलडेका उनले बताए । केबल साना स्वार्थका लागि उनीहरू लडिरहेका ओलीले स्पष्ट पारे ।
सरकार र जनता अलिकति मौन बसेकाले अनावश्यक फुर्तिफार्ति देखाएका छन्, एमाले मैदानमा उत्रिए पछि यिनीहरू कता कता जान्छन्उ नले भने ।

एमालेलेका नेता कार्यकर्ताले आफूलाई चिनेर आफूलाई त्यहीअनुसार तयारी अवस्थामा राख्नु पर्नेमा उनले जोड दिए । जेठ १५ गतेका लागि वडाध्यक्षहरूको प्रशिक्षण सकिने बित्तिकै तयारी थाल्न ओलीले निर्देशन दिए । म साथीहरूलाई भन्न चाहन्छु–निर्देशन पछि आउला, १५ गतेका लागि भोलि यहाँबाट उठ्ने बित्तिकै तयारी थाल्नुस्, १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, कसरले थाम्छ, कसले रोक्छ, निर्देशन पछि आउँछ, तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ, कसरी कुन संस्था अगाडि लाग्छ त्यो छाडिदिनुस्, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो, अगाडि बढौँ, आन्दोलनमा हामी सबै त्यस अनुसार तयारीमा लगौँ’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...