एमालेको सचिवालय बैठक बस्दै



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला पहिलोपटक एमाले बैठक बस्न लागेको हो ।

कांग्रेसभित्रैबाट लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका बेला एमाले बैठकमा यसबारे छलफल होला कि नहोला भन्ने चासो छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका थिए । एमाले बैठकमा लेखकमाथि लागेको आरोप लगायत विषयसहित समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने एमाले नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...