राजतन्त्र फर्कने सम्भावना छैन : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।नेकपा (एमाले) निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।राजावादी पार्टी र संघसंस्थाहरूले १५ जेठदेखि गर्ने भनेको आन्दोलनलाई कटाक्ष गर्दै उनले राजतन्त्रलाई आफूहरूले समातेर मुन्ट्याएर फालिदिएको टिप्पणी गरे ।

‘नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसक्यो । अर्को संविधान बनिसक्यो । संसद छ । राष्ट्रपति छ । न्यायालय छ । लोकतान्त्रिक व्यवस्था छ । र, हामी छौं,’ एमाले अध्यक्षसमेत रहेका ओलीले भने, ‘जसले जंगलमा घुमेर जथाभावी जसलाई पायो त्यसलाई समाउँदै, पछार्दै, मार्दै खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर फेरि खोरबाट पनि निकालेर मुन्ट्याएर फालिदएका छौं । हामी छँदैछौं यस देशमा । फेरि राजतन्त्र ल्याउँदैछौं भन्ने सपना देख्नेहरू पनि छन् ।

१५ जेठमा राजालाई सिंहासनमा राख्ने भन्दै राजावादीहरूले गरेको प्रचार प्रति पनि कटाक्ष गरे । ‘यो आउने १५ गते राजालाई सिंहासनमा राख्छन् रे । घरैमा बनाएर राख्ने होला । देशको राज सिंहासन भनेको गयो, गइसक्यो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...