कार्यालयको काम नै छाडेर नेताको घरदैलो गर्दै सचिवहरु



हाम्रो इकोनोमि

 

 

निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’को व्यवस्था हटाउनुपर्ने माग राख्दै मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा सचिवहरुले  सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग भेट गर्नुभएको छ ।

मुख्यसचिव अर्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अरु मन्त्रालयका सचिवहरुले बिहीबार दिँउसो राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटनुभएको हो । सचिवहरुले राज्यव्यवस्था समितिबाट पारित भएको निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको व्यवस्थाप्रति आफूहरुको चासो रहेको र त्यो व्यवस्था हटाउनुपर्ने माग गरेका छन ।

उनीहरुले अरु क्षेत्रका मानिसहरुलाई त्यस्तो बन्देजात्मक व्यवस्था नभएको अवस्थामा निजामती कर्मचारीहरुलाई मात्रै कुलिङ पिरियडको व्यवस्था राख्न नहुने तर्क गरेका हुन् । सचिवहरु पदमा बहहाल रहँदै अर्काे नियुक्ति लिएर राज्यकोषमा लगातार दोहन गर्न पाउनुपर्ने अडानमा रहेका छन ।

पदमा छँदै अर्काे नियुक्ति लिएर राज्यकोष दोहन गर्न पाउनुपर्छ भन्दै मुख्यसचिव र सचिवहरुले दौडधुप तीब्र पारेका छन । सचिवहरु यतिबेला ‘कुलिङ पिरियड’को व्यवस्था हटाउनु पर्ने भन्दै कार्यालयको काम नै छाडेर नेताको घरदैलो गरिरहेका हुन ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...