भारत लैजाँदै गरिएका १९ बालकको उद्धार



हाम्रो इकोनोमि

 

 

 रुपन्देहीको सीमा क्षेत्रबाट भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा लैजाँदै गरिएका १९ जना नेपाली बालकको उद्धार गरिएको छ । जहाँ दलाई लामाले चलाएको ठूलो गुम्बा रहेको छ । स्रोतका अनुसार यी बालबालिका पनि त्यही लैजाने सामान्य कागजपत्र भेटिएको हो ।

यो घटनाको आन्तरिक विषय त प्रहरीको अनुसन्धानमै छ तर यसअघि यसरी नै मानव बेचबिखन भएको, बाल अधिकार, धार्मिक आडमा भइरहेका शोषण, सीमा सुरक्षाको कमजोरी र राज्य संयन्त्रको अनुगमन विफलताको प्रमाण भएकाले पक्राउ गरी अनुसन्धान थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताउँछन् । ‘विषय अलिक गम्भीरजस्तै लायो, उनीहरूले गुम्बामा लैजाने सामान्य कागज बनाए पनि अरू प्रक्रिया केही पुगेको छैन, यसैको अनुसन्धानमा प्रहरी खटिएकोछ उनले भने ।

घटना विवरणअनुसार नेपाल-भारत दशगजा क्षेत्रमा रहेको भैरहवा नाकाबाट १९ जना बालक बसमा चढाइ भारततर्फ लैजाँदै गरिएको अवस्थामा ‘किन इन्डिया’ नामक भारतीय संस्था र एसएसबी (भारतको सशस्त्र सीमा बल) को पहलमा उनीहरूलाई रोकिएको हो ।  सीमा क्षेत्रमा भारतीय  युप क्षेत्रको टुरिस्ट बस रिजर्व गरेर उनीहरूलाई लगिएको थियो । 

सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लाका उनीहरूको उमेर १० देखि १६ वर्षबीचको छ। अभिभावक बिना, न त कानुनी अनुमति, न त सरकारी सिफारिस पत्र-कसैले पनि प्रक्रिया पूरा नगरी उनीहरूलाई धार्मिक शिक्षाको नाममा भारततर्फ लैजाँदै गरिएको थियो। उद्धारपछि बालकहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको थियो । उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ र अभिभावकको खोजी गरी घर फर्काउने तयारी भइरहेको सूचना अधिकारी डिएसपी सुरज कार्कीले जनाए ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...