५० र एक हजारका नयाँ नोट छाप्ने गभर्नरको निर्णय



हाम्रो इकोनोमि

 

 

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले जिम्मेवारी सम्हालेका छन् । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पदभार ग्रहण  गदै ५० र १ हजारका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरे । बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने उनको भनाइ छ । पौडेलले भने, ‘हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ ।

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अवलम्बन गर्ने उनको भनाइ छ । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन सबैसँग समन्वय गरेर अघि बढ्ने पौडेलले प्रतिवद्धता जनाए । कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामाबारे सोधिएको प्रश्नमा उनले आफूकहाँ फाइल आइनसकेको र यो आन्तरिक विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...