५० र एक हजारका नयाँ नोट छाप्ने गभर्नरको निर्णय



हाम्रो इकोनोमि

 

 

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले जिम्मेवारी सम्हालेका छन् । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पदभार ग्रहण  गदै ५० र १ हजारका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरे । बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने उनको भनाइ छ । पौडेलले भने, ‘हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ ।

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अवलम्बन गर्ने उनको भनाइ छ । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन सबैसँग समन्वय गरेर अघि बढ्ने पौडेलले प्रतिवद्धता जनाए । कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामाबारे सोधिएको प्रश्नमा उनले आफूकहाँ फाइल आइनसकेको र यो आन्तरिक विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...