५ सय र हजारको नोटमा प्रतिबन्ध लगाऔँ : पूर्वअर्थमन्त्री पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले भ्रष्टाचार नियन्त्रण राजनीति भन्दा अरू कसैले गर्न नसक्ने बताएका छन् । कांग्रेसको आर्थिक नीति तथा योजना विभागको कार्यक्रममा बोल्दै भ्रष्टाचार नियन्त्रण गर्ने पोसिली नै सरकारले बनाउने बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले भने, ‘मैले धेरै ठाउँमा भनेको छु भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन। पाँच सय र हजारको नोट बन्द गरिदिऔँ । नछापौँ, नागरिकलाई अहिले नै आतंकित नपारौँ, ०८५ पछि पाँच सय र हजारको नोट चल्दैन भनेर भनिदिऔँ । त्यसपछि सरकारले सय रुपैयाँ मात्रै नोट छाप्छ, कसैले एक करोड घुस खानुपर्‍यो भनेपनि एक ट्रक लिनुपर्‍यो, त्यसका लागि कोठा बुक गरेर भाडामा राखेर ताला लगाएर पैसा राख्नुपर्‍यो । यो सम्भव हुँदैन । उनले जग्गा बाँझो राख्न नपाइने र राख्नुपर्‍यो भनेपनि एउटा नोटिस जारी गर्नुपर्ने सिस्टममा जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...