हारेकाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित हुँदैन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

गैर आवासीय नेपाली संघ विभाजन गर्ने शेष घले र महेश श्रेष्ठलगायतको प्रयासलाई सरकारले खारेज गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनमा हारेका १७ जनाले अर्को संगठन बनायौं भन्दैमा एनआरएनए विभाजित नहुने प्रष्ट पारेका छन् ।

डा. बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघले बुधवार काठमाडौंमा आयोजना गरेको कन्क्लेभलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले नै आगामी कात्तिकसम्म यो नेतृत्वलाई बैधानिकता दिइसकेकाले अर्को भेला गरेकाहरुलाई पनि वार्ताबाट सहमतिमा ल्याउन आग्रह गरे ।

प्रधानमन्त्रीले भने- निर्वाचित अध्यक्ष छ, निर्वाचित कमिटी छ । अधिवेशनमा हारेकाहरू भेला भएर यो चाहिँ आधिकारिक एनआरएनए हो भन्ने कुरा शोभनीय होइन । यसलाई न त कोर्टले मान्यता दिन्छ न त सरकारले दिन्छ । केही पार्टीका मान्छे भेला भएर यो चाहिँ एनआरएनए हो भन्ने कुरा पनि कतै मान्य होला त रु यो संस्थाको मर्यादा जोगाउनुस्, पराजित भएकाहरुले असहिष्णु भए भन्दैमा तपाईँहरू निर्वाचित मान्छेले त्यस्तै हुने होइन ।

उनीहरूलाई सम्झाइ-बुझाइ गरेर संस्थालाई बलियो बनाउनुस् । प्रधानमन्त्रीले अहिले एनआरएनए विवाद सर्वोच्चको पूर्ण इजलासमा गएको भन्दै यो नेतृत्वले समयभित्रै अधिवेशन सम्पन्न गर्न आग्रह समेत गरे । शेष घलेप्रति लक्षित गर्दै श्रीमानका लागि बेग्लै विधान,श्रीमतीका लागि फेरि अर्को विधान संशोधन गर्ने,हारेकाले म अध्यक्ष हुँ भन्ने प्रवृतिले संस्था बलियो नहुने प्रधानमन्त्रीले बताए ।

हालै शेष घलेको सहभागितामा भएको कांग्रेसको एउटा पक्ष र माओवादीको भेलाले बद्री केसीसँग पराजित भएका महेश श्रेष्ठलाई अध्यक्ष बनाउँदै एनआरएन आधिकारिकताको दावी गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणा देउवा र माओवादी अध्यक्ष प्रचण्डले आधिकारिकता दिएको सो नेतृत्वलाई प्रधानमन्त्रीले प्रष्ट शब्दमा खारेज गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...