पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन



हाम्रो इकोनोमि

 

 

 पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर ८ चोरमारा बजारमा रहेको गिरुबारी पुल भासिएपछि यातायात अवरुद्ध भएको छ । गएराती ९ बजेको समयमा ओभरलोड ट्रक बिच पुलमा पुग्दा पूर्वतर्फको भागमा भासिएपछि अवरुद्ध भएको हो । अहिले लामा तथा छोटा दुरीका सवारी साधनहरू अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । सडक अवरुद्ध भएपछि सवारी साधनहरू करिब ३ किलोमिटर दक्षिण रानीबारी हुँदै आवतजावत भएका छन् ।

पुल भासिएर मुख्य मार्ग अवरुद्ध पूर्वपश्चिम राजमार्गमा साना गाडीहरू वैकल्पिक बाटोबाट सञ्चालन गरिएको छ ।  पुल धेरै पुरानो र जीर्ण अवस्थामा रहेको र अहिले ओभरलोडले भासिएपछि नजिकैको खोला छेउबाट डाइभर्सन गरिएको छ तर  सानो पानी आए पनि चल्न नसक्ने अवस्थामा छ । चोरमारामा रहेको गिरुबारी खोलाको पुलमा मप्र०३-००१ क ३१६३ नं को १८ चक्के टेलर० किलिङ्गर बोकी होङ्सी सिमेन्ट कम्पनीबाट वीरगन्जतर्फ जाँदै गरेको टेलर पुलमा हिँड्दै गर्दा पुल भासिएपछि यातायात गएरातीबाट अवरुद्ध भएको थियो ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेका अनुसार पुल भासिएपछि अवरुद्ध यातायात खोलामा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...