पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र



हाम्रो इकोनोमि

 

 

युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू प्रभावित भएका छन् । झन् पछिल्लो समय २३ हजार पाँच सय आप्रवासीहरूको आवेदन अस्वीकृत भएपछि कति नेपालीहरू प्रभावित हुने हुन् यकिन तथ्यांक आइसकेको छैन ।

पछिल्लो समय आवासीय अनुमतिको लागि चार लाख ४६ हजार ९ सय २१ जनाले आवेदन दिएका थिए । जसमध्ये एक लाख २३ हजार आवेदन स्वीकृत भएको छ । एक लाख ७१ हजार आवेदन समयमा नै रकम भुक्तानी नगरेको कारण रद्द गरिएको सरकारी भनाई छ । यी मध्ये चार हजार पाँच सय जनालाई २० दिन भित्र देश छोड्नका लागि पत्र पठाइसकिएको पनि जनाएको छ ।

‘आप्रवासीहरूले आवासीय अनुमतिका लागि दिइएको आवेदनमा छानबिन गरिरहेका छौं, रकम भुक्तानीमा ढिलाइ, आवश्यक कर भुक्तानी नभएको र आवश्यक कागजपत्र अपुग भएकाहरूको आवेदन अस्वीकृत भएका छन्’ ती सरकारी अधिकारीले नेपाल प्रेससँग भने ‘सुरुमा १८ हजारको आवेदन अस्वीकृत हुन्छ भन्ने लागेको थियो तर त्यो संख्या अहिले बढेर २३ हजार पाँच सय पुगेको छ । चार हजार पाँच सय जनालाई त देश छोड्नका लागि पत्र पनि पठाइसकेका छौँ ।

गत जुन ३ तारिखमा पोर्चुगल सरकारले आप्रवासन सम्बन्धी नियम कडा बनाएको थियो । आवासीय अनुमतिको लागि आवेदन दिने प्रक्रिया नै बन्द गर्नुका साथै त्यसपछिका दिनमा झन् झन् नियमहरू कसिलो बनाउँदै लगेको छ । रोजगारीका लागि युरोपेली मुलुक पोल्याण्ड, माल्टा, क्रोएसिया, रोमानिया आएका नेपालीहरूको अन्तिम गन्तव्य पोर्चुगल नै हुँदै आएको थियो । त्यस्तै, अध्ययनका लागि डेनमार्क, स्वीट्जरल्याण्ड जस्ता मुलुक आउने विद्यार्थीहरू पनि सहज रूपमा युरोपको कार्ड पाउनका लागि पोर्चुगल नै आउने गरेका थिए ।

यसैगरी, विभिन्न कार्यक्रमको बहानाका सेन्जेन भिसा लगाएर पोर्चुगल छिर्नेको संख्या पनि उल्लेख्य रहेको थियो । पूर्वी युरोपेली मुलुकबाट अवैधानिक बाटो हुँदै पोर्चुगल आउनेहरू पनि उत्तिकै थिए । सरकारले जुन ३ तारिखको राति १२ बजेबाट आवासीय अनुमति कार्डको आवेदन दिने प्रक्रिया बन्द गरेपछि पोर्चुगल आउने आप्रवासीको संख्या ह्वात्तै घटेको छ । जसका कारण यहाँ रहेका आप्रवासीहरूलाई काम र कोठा पाउन सहज भएको छ ।

सरकारले सार्वजनिक गरेको नयाँ योजनामा रोजगार सम्झौता गरेर आउनेहरूका लागि भने बाटो खुल्ला रहेको पनि जनाएको छ । सन् २०१५ मा तीन लाख ८३ हजार सात सय ५९ को संख्याका रहेकोमा आप्रवासीको संख्या सन् २०२२ मा सात लाख ८१ हजार दुई सय ४७ जनाको संख्यामा रहेको थियो । झन् सन् २०२३ मा आइपुग्दा १० लाख ४० हजार पुगेको थियो ।

सन् २०२३ मा पोर्चुगलमा विदेशी जनसंख्या करिब ३३ प्रतिशतले बढेको तथ्यांक पनि सार्वजनिक भएको थियो । सरकारी तथ्यांकअनुसार कुल १० लाखभन्दा बढी आप्रवासीहरू देशमा कानूनी रूपमा बसिरहेका छन्। अधिकांश विदेशीहरू पोर्चुगलमा २५ देखि ४४ वर्षका रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...