माधव नेपालको मुटुमा समस्या, अस्पतालमा भर्ना



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका छन् । उनको मुटुमा समस्या आएको छ । त्यहाँ सीसीयूमा भर्ना भएका छन् । उपचार जारी छ ।नेकपा एसका नेता लक्ष्मण केसीका अनुसार नियमित स्वास्थ्य परीक्षणका सिलसिलामा उनी विहीबार आफैँ अस्पताल गएका थिए । प्रत्येक महिनामा एक पटक नेपाल स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुग्ने गरेका छन् ।

केसीका अनुसार, विहीबार छातीको इको र इसिजी गरिँदा मुटुका भल्भमा केही अवरोध देखिएपछि एन्जियोप्लाष्टी विधिद्वारा सफा गर्नका लागि उनी त्यहाँ भर्ना भएका हुन् । उक्त विधिअन्तर्गत शरीरमा कुनै प्रकारको चिरफार गर्नु नपर्ने उपचार प्रक्रिया हो । जसअन्तर्गत नशामा जमेका अनावश्यक बोसोजन्य तत्त्व फ्याँकिन्छ । अस्पतालका प्रशासन प्रमुख डा. रत्नमणि गजुरेलले नेपाललाई सीसीयूबाट नर्मल वार्डमा सारिएको बताए । नर्मल केस हो, अब २४ घण्टापछि डिस्चार्ज गरिन्छ’ उनले  भने ।

 

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...