पाकिस्तानी हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको दिल्लीको दाबी



हाम्रो इकोनोमि

 

 

भारतको रक्षा मन्त्रालयले अपरेसन सिन्दूर अन्तर्गत भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारेको जिकिर गरेको छ । विहीबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मे ७ मा भारतले गरेको कारबाहीमा पाकिस्तानका कैयौं हवाई प्रतिरक्षा राडार र प्रणालीलाई लक्षित गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भारतको रक्षा मन्त्रालयले भनेको छ, ‘लाहोरमा रहेको हवाई प्रतिरक्षा प्रणालीलाई निष्क्रिय पारिएको विश्वसनीय रूपमा थाहा भएको छ । विज्ञप्तिमा भारतमा सैन्य केन्द्रहरूमा आक्रमण गरियो भने त्यसको उचित जवाफ दिइने चेतावनी पनि दोहोर्‍याइएको थियो ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार पाकिस्तानले भारतको उत्तरी र पश्चिमी क्षेत्रमा ड्रोन र मिसाइलमार्फत् आक्रमण प्रयास गरेको तर ती आक्रमणहरूलाई भारतको एकीकृत ड्रोन प्रतिकार प्रणाली र हवाई सुरक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको जिकिर गरिएको छ । भारतले तनाव बढाउने चाहना नराख्ने तर आवश्यक परेमा आफ्नो सुरक्षाका लागि दृढताका साथ प्रतिक्रिया जनाउने दोहोर्‍याएको छ ।

 

२५ इजरायली ड्रोन खसाल्यौं : पाकिस्तान

उता, पापाकिस्तान सेनाले भारतबाट पठाइएका २५ वटा इजरायली बनोटका ह्यारोप ड्रोन खसालेको दाबी गरेको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरले भनेको छ, पाकिस्तानी सेनाले आफ्नो प्राविधिक र हथियारसहितको क्षमता प्रयोग गर्दै भारतबाट पठाइएका २५ वटा इजरायली बनोटका ह्यारोप ड्रोन खसालेका छन् ।

सेनाले थप दाबी गर्दै भनेको छ, ‘६ मे मा पाकिस्तानको जवाफी आक्रमणले भारतका पाँचवटा आधुनिक लडाकु विमान, धेरै ड्रोन र केही सैनिकहरू मारिएपछि भारत आतंकित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...