कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं : पाकिस्तानी प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

भारतले मंगलबार राति कम्तिमा ५ स्थानलाई लक्षित गर्दै गरेको हवाई हमलालाई पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै जवाफ दिइने बताएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘धोकेवाज दुश्मनले पाकिस्तानको पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ, यो घृणित आक्रमणको कुनै पनि हालतमा जवाफ नदिइ छाडिन्न । भारतको यो आक्रमणको जवाफ दिन पाकिस्तानले पूर्ण अधिकार राख्ने समेत उनले भनेका छन् ।

भारतको हवाई हमलामा परेर कम्तिमा ३० जना मारिएको प्रारम्भिक विवरण आएका छन् । कयौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारतले चाहिँ दुई साताअघि जम्मु कश्मिरको वैसरण उपत्यकामा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ गरिएको भनेको छ । भारतीय सेनाले ‘न्याय दिइएको’ भन्दै संक्षिप्त प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...