एमाले धनुषा अधिवेशन, अध्यक्षमा २ यादवको भिडन्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले धनुषाको ८औँ अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि आज निर्वाचन हुने भएको छ । एमाले ८औँ जिल्ला अधिवेशनको उद्घाटन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख २० मा गरेका थिए । बन्दसत्रको क्रममा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्दा आधा दर्जन बढी अध्यक्षका आकांक्षी देखिएका थिए ।

तर निर्वाचनमा गएपछि  भोला यादव र लक्ष्मी नारायण यादवको मात्रै अध्यक्ष पदमा उम्मेदवारी परेको छ । स्रोतका अनुसार भोला एमाले सचिव रघुवीर महासेठ समूहबाट अध्यक्षमा भिडेका हुन् । धनुषामा पनि एमालेभित्र दुई समूह सक्रिय छन् । रघुवीर समूह पहिलेदेखि सक्रिय छन् भने मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’सहितका नेताहरू पनि आफ्नो खेमा तयार पारेका छन् । दुवै समूहले प्यानल बनाएरै उम्मेदवारी दिएको छ ।

उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दीप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ । उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र शारदा घिसिङले उम्मेदवार बनेकी छन् ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । जसमध्ये केहि पालिबाट सदस्य सर्वसम्मत चयन भएको र अधिकांश पालिकामा सदस्यका लागि समेत मतदान हुने बताइएको छ । जनकपुरधामस्थित गोपाल धर्मशालामा निर्वाचनको तयारी भइरहेको छ ।  अधिवेशन प्रतिनिधि अर्थात् मतदाता ६३५ जना छन् । उनीहरूले निर्वाचनमा मतदान गर्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...