महानगर प्रहरीको ‘गुण्डागर्दी’ विरुद्ध कवाड समाज



हाम्रो इकोनोमि

 

 

कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगर प्रहरीको गुण्डागर्दीबाट कवाड व्यवसायीमाथि ज्यादती भएको भन्दै त्यस्ता कार्य रोकेर व्यवसायलाई सुरक्षाको प्रत्याभूतिलगायतका माग राखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग भेट गरेको छ । सोमबार मन्त्रालयमा समितिका संयोजक रामकेवल गुप्ता रौनियारसहित ओम प्रकाश सिंह, मनोहर प्रशाद चौधरी, सुरेश शाह र सरोज श्रेष्ठको टोलीले मन्त्री गुप्तासँग भेट गरेका हुन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगर बाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेको उनीहरुको आरोप लगाउँदै त्यस्तो कार्य रोक्न उनीहरुले मन्त्री गुहारेका हुन् । काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी सैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरु माथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरु भत्काउने, संकलक र मजदुरका साईकल र समान जफत गर्ने काम गरिरहेको भन्दै उनीहरुले मन्त्रीको ध्यानाकर्षण गराएका छन् । काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरुको टाउको फुटेको र अङ्गभङ्ग भएका व्यवसायीहरुले उल्लेख गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...