५० अर्ब रकम खिच्दै राष्ट्र बैंक



हाम्रो इकोनोमि

 

 

 नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब बराबर तरलता खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।

राष्ट्र बैंकले सूचना जारी गरेर यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने जानकारी दिएको छ । राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरण मार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज फेरि उक्त परिमाण बराबर रकम तान्न लागेको हो ।

निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । आगामी ११ जेठमा साँवा तथा ब्याज भुक्तानी हुने निक्षेप संकलनको उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...